गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रदेश अस्पताल, दमौली, तनहूँ

गण्डकी प्रदेश, तनहुँ , नेपाल

अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष श्री कमला मोहन वाग्ले ज्यु बाट पदभार ग्रहण 2082-09-03



दमौली

प्रदेश अस्पताल, दमौली, तनहूँमा आयोजित एक कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीहरुको विदाई तथा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष कमला मोहन वाग्ले ज्यूको स्वागत कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको अध्यक्षता अस्पताल प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डा. परिवर्तन बराल ज्यूले गर्नु भएको थियो र अस्पताल व्यवस्थापन समितिका निर्वतमान पदाधिकारीहरु (शान्तिरमण वाग्ले समन्वय प्रमुख, रामकृष्ण अधिकारी प्र.जि.अ., अशोक खनाल को.ले.नि.का. प्रमुख, बैकुण्ठ मिश्र उ.वा.सं. तनहुँ अध्यक्ष, शुशिला देवी शर्मा) सहित, जि.पी. अस्पताल शुक्लागण्डकी तनहूँका एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरे, पत्रकार महासंघ तनहूँका वर्तमान, निवर्तमान एवं पुर्व पदाधिकारीहरु, प्रदेश आयुर्वेद चिकित्सालय तनहूँका वरिष्ठ कविराज निरिक्षक सहित कर्मचारीहरु, अस्पतालका कन्सल्टेण्ट, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा उपस्थित सवैलाई स्वागत गर्दै अस्पताल प्रमुख बाट यस अस्पतालको छोटो परिचय, मौजुदा सेवा, गत तिन वर्ष सहित चालु आर्थिक वर्ष हालसम्मको प्रगती समरी, कर्मचारी विवरण आदीको बारेमा छोटो प्रस्तुतीकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नवनियुक्त अध्यक्षलाई निवर्तमान अध्यक्षज्यूबाट समितिको माईन्युट विधिवत हस्तान्तरण गर्नुभयो र कार्यकाल पुर्णसफलताको कामना गर्नुभयो । अस्पतालका प्रमुख ज्यू र नवनियूक्त अध्यक्षज्यूबाट निवर्तमान पदाधिकारीहरुलाई दोसल्ला ओढाई वहाँहरुको कार्यकालमा भएका अस्पतालको पुर्वाधारको विकास, जग्गा प्राप्तीमा भएको हालसम्मको प्रगती र सेवा विस्तारमा भएको प्रगतीमा वहाँहरुको योगदानको उच्च मुल्यांकन सहित कदर गर्दै र आगामी दिनमा वहाँहरुवाट यस अस्पतालको समग्र विकाश र विस्तारमा निरन्तर सहयोग को अपेक्षा सहित मायाको चिनो प्रदान गर्नुभयो ।

Download: अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष श्री कमला मोहन वाग्ले ज्यु बाट पदभार ग्रहण 2082-09-03