गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रदेश अस्पताल, दमौली, तनहूँ

गण्डकी प्रदेश, तनहुँ , नेपाल

"स्वस्थ्य मन, स्वस्थ्य जिवन" मानसिक स्वास्थ्य सचेतना अभियान २०८२



२५ मंसिर २०८२

प्रदेश अस्पताल दमौली तनहूँद्वारा आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूमा हुने तनाबलाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्नका लागि आयुर्वेद पद्दतीबाट, सिरोधारा र योग द्वारा तनाव व्यवस्थापन सम्बन्धि तालिमका लागि प्रदेश आयुर्वेद चिकिसालय दमौली र प्रदेश अस्पताल दमौली बिच सम्झौता भएको थियो ।  

उक्त कार्यक्रममा प्रदेश अस्पताल, प्रदेश आयुर्वेद चिकित्सालय, प्रदेश स्वास्थ्य कार्यालयका कर्मचारीहरु, नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष, निवर्तमान अध्यक्ष, सचिव र पदाधिकारीहरुको समुपस्थितिमा अस्पतालका मे.सु. डा.परिवर्तन बरालले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका श्रीमान सचिव डा. विश्व वन्धु बगाले ज्युको प्रमुख आतिथ्यता रहेको थियो ।

सोही कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालय तनहूँमा कार्यरत डा. किरण पौडेलले स्वास्थ्य सम्बन्धि महत्वपुर्ण सन्देश सहित स्वागत मन्तव्य दिनु भएको थियो भने, प्रमुख अतिथि श्रीमान सचिव ज्यु वाट शुभकामना मन्तव्यको क्रममा “अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीहरुको तनाव व्यवस्थापन सम्बन्धि कार्यक्रम गण्डकी प्रदेशकै नयाँ कार्यक्रम हो, यो कार्यक्रम अत्यन्त राम्रो भएको, यस बाट स्वास्थ्य कर्मीमा भएको तनावको अत्य भई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान हुने र आम सेवाग्राहिहरु लाभान्वित हुने हुंदा आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशका सवै अस्पतालहरुमा यो कार्यक्रम राखिने प्रतिवद्धता सहित कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो ।

उक्त अवसरमा अस्पतालका मे.सु. डा. परिवर्तन बरालले कार्यक्रमको परिचय सहित वजेट व्यवस्थापनको वारेमा स्पष्ट पार्नु भएको थियो भने कार्यक्रम कार्यान्वयनको मोडालिटिको वारेमा प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठले प्रकाश पार्नु भएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले æस्वस्थ्य मन, स्वस्थ्य जिवनÆ भन्ने मुल नाराका साथ संचालन भएको मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ तनहुँ को वारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रम अगाडी श्रीमान सचिव ज्यु बाट अस्पतालको विभिन्न कक्षहरुको अवलोकन समेत गर्नु भएको थियो ।

Download: "स्वस्थ्य मन, स्वस्थ्य जिवन" मानसिक स्वास्थ्य सचेतना अभियान २०८२