जेष्ठनागरिकहरुमा नसर्ने रोगको पहिचान सम्बन्धि कार्यक्रम सम्पन्न - २०८२ भाद्र २१
दमौली, तनहूँ
मिति २०८२ साल भाद्र २१ गते शनिवार, निजामती सेवा दिवस २०८२ का अवसरमा प्रदेश अस्पताल दमौलीको संयोजन, सामाजिक विकास कार्यालय तनहूँको सहयोग र राष्ट्रिय परोपकार महासंघ, जेष्ठ नागरिक चौतारी व्यास ५ को व्यवस्थापनमा “आश्रममा रहनु भएका जेष्ठ नागरीकहरुको नसर्ने रोगको पहिचान तथा रोकथाम कार्यक्रम” सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर, निजामति सेवा दिवस मूल समारोह समिति तनहूँका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रीमान रामकृष्ण अधिकारी ज्यूको अध्यक्षतामा, कर्मचारी मिलन केन्द्र, तनहूँका अध्यक्ष विजय कुमार सिंह र पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो । उक्त अवसरमा जेष्ठ नागरिक चौतारिमा रहनु भएका २० जना जेष्ठ नाग रिकहरुको स्वास्थ्य परिक्षण एवं उपचार व्यवस्थापन गरियो । प्रमुख जिल्ला अधिकारी श्रीमान रामकृष्ण अधिकारी ज्यूबाट स्वास्थ्य शिविर व्यवस्थापनका लागि आश्रम परिवारलाई आभार व्यक्त गर्नुभयो ।
Download: जेष्ठनागरिकहरुमा नसर्ने रोगको पहिचान सम्बन्धि कार्यक्रम सम्पन्न - २०८२ भाद्र २१
